काठमाडौं – एफवान सफ्ट ग्रुपले नेपाल सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ७५ लाख सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका लागि सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो ।
एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीहरूको संयुक्त योगदानमा यो सहयोग उपलब्ध गराइएको हो ।
यसबारे जानकारी दिँदै एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्रको पुनर्निमाणको यात्रामा आफूहरूले जिम्मेवारीबोध महसुस गरेको बताए । उनले भने, ‘नेपाल पुनर्निर्माणको यात्रामा हामी आशा, जिम्मेवारी र साझा उद्देश्यसहित एकताबद्ध छौँ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij