२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन क्यापिटलको साधारणसभा आह्वान

हिमालयन क्यापिटलको साधारणसभा आह्वान

460
Shares

काठमाडौं – हिमालयन क्यापिटल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २८ गते साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सभामा पेश हुने प्रस्तावहरुमा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात र मिति २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij