२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एलआईसी नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

एलआईसी नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

620
Shares

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ बढी सहयोग गरेको छ।

एलआईसी नेपालले कोषमा १ करोड १ लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

कोषमा योगदान गरेकोमा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले धन्यवाद दिए। कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij