काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.९२ अकंले बढेर २६००.२२ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.८४ प्रतिशत, फाइनान्स समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५७ प्रतिशतले शेयर मूल्य बढेको छ।
आइतबार २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij