काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मंसिर ७ गते आईतबार मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij