काठमाडौं -नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको सर्वसाधारणमा स्वामित्वमा रहेको २० प्रतिशत (३२ लाख ६५ हजार कित्ता) र संस्थापकमा रहेको ८० प्रतिशत (एक करोड ३० लाख ५० हजार) सेयर सूचीकृत भएको हो।
कम्पनीले पहिलो सेयर कारोबारको लागि एक सय रूपैयाँ ५९ पैसा देखि तीन सय एक रूपैयाँ ७७ पैसा मूल्य रेञ्ज पाएको छ। नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ।
कम्पनीको पहिलो कारोबार आगामी आइतबारबाट सुरू हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij