२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिव शंकर हाईड्रोले आईपीओ निष्कासन गर्ने

शिव शंकर हाईड्रोले आईपीओ निष्कासन गर्ने

1.2K
Shares

काठमाडौं– शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि मङ्सिर १९ गते साधारण सभामा आह्वान गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यो कम्पनी शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर बनेको एक लगानी कम्पनी हो। कम्पनीले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij