काठमाडौं– सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ०।२६४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो।
यो लाभांश पारितका लागि अब हुने कम्पनीको १६औं वार्षिक साधारणसभामा पेश गरिने र सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij