काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूवात गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित निकालेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको चितवनको सिजनमा पहिलो हार हो।
१४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा १८.३ ओभरमा पूरा गर्यो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij