२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

1.6K
Shares

काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.३६३५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ६५ करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij