काठमाडौं – शुभम पावर लिमिटेडले साधारणसभा डाकेको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा दिउँसो साढे १२ बजे एघारौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।
आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको साधारणसभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र सञ्चालक समितिको भत्ता, सेवा सुविधा लगायतका प्रस्तावहरू पनि सभाका लागि तय गरिएका छन्।
कम्पनीले साधारणसभा प्रयोजनार्थ मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण बुक क्लोजका आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij