२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.3K
Shares

काठमाडौं – मंसिर ४ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सोल्टी होटल  लिमिटेड र साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले भाेली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ भने साहस उर्जाले भाेली (मंसिर ५ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

साहस उर्जा लिमिटेडले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरी हाल बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, सोल्टी होटल लिमिटेडले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij