२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सद्वारा वार्षिकोत्सको अवसरमा कर्मचारी सम्मानित

शिखर इन्स्योरेन्सद्वारा वार्षिकोत्सको अवसरमा कर्मचारी सम्मानित

625
Shares

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव एक भव्य समारोहसहित सम्पन्न गरेको छ। विगत दुई दशकदेखि बीमा क्षेत्रमा निरन्तर सेवा दिंदै आएको कम्पनीले यस अवसरमा कर्मचारीको योगदान र समर्पणलाई विशेष सम्मानका साथ स्मरण गरेको छ।

कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गर्ने ११ जना कर्मचारीलाई सुनका सिक्का तथा सम्मानपत्र प्रदान गर्दै कम्पनीले दीर्घकालीन सेवाप्रतिको कदर प्रकट गर्‍यो। त्यस्तै, १० वर्षे सेवा अनुभव संरक्षित ३० जना कर्मचारीलाई चाँदीका सिक्कासहित प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट सेवाभाव, पेशागत क्षमता र संस्थागत विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै व्यवस्थापनले कर्मचारीहरूलाई निरन्तर प्रोत्साहन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्‍यो।

वार्षिकोत्सवको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै, शिखर इन्स्योरेन्सले देशभर सञ्चालन गरेको रक्तदान अभियानमार्फत १,४३९ युनिट रगत संकलन गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij