काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मुल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५९ रुपैयाँ पुगेको छ । मंगलबार ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij