काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको ले साधारणसभा आब्हान गरेको छ । कम्पनिको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको यस कम्पनीको सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव बोर्डमा दर्ता भइसकेकाले सोलाई निरन्तरता दिने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र अन्य कम्पनीमा लगानी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी त्यसलाई पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साथै सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाहीहरू अनुमोदन गर्ने, सञ्चालक समितिका सदस्यहरूको बैठक भत्ता तथा सुविधा सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र आयोजना पुनर्निमाणका लागि ऋण थप गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij