२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ङादी ग्रुप पावरले बोलायो साधारण सभा

ङादी ग्रुप पावरले बोलायो साधारण सभा

1.4K
Shares

काठमाडौं– ङादी ग्रुप पावर लिमिटेडले  साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले मंसिर २५ गते, बिहीबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij