२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल ल्यूब आयलको नाफा बढ्यो

नेपाल ल्यूब आयलको नाफा बढ्यो

600
Shares

काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६ करोड ६६ लाख रुपैयाँबाट बढेर २८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७ करोड १५ लाख रुपैयाँबाट बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड ३६ लाख रुपैयाँबाट बढेर १ करोड ४० लाख रुपैयाँ पुगेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३० रुपैयाँ ६० पैसाबाट घटेर २६ रुपैयाँ ८३ पैसामा सीमित भएको छ। ८ करोड ७४ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ४ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij