२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्न माग्यो अनुमति

लक्ष्मी सनराइज बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्न माग्यो अनुमति

1.3K
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले कार्तिक २५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको लागि अनुमति मागेको हो । जस मध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ। ऋणपत्र निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij