काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मुल्य तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलामा ३१ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij