२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको नाफा घट्यो

पिपुल्स पावरको नाफा घट्यो

530
Shares

काठमाडौं-पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो। ९४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६५ लाख ६३ हजार रुपैयाँ ऋणात्मक छ। कम्पनीको शेयर प्रिमियममा ६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.३३ प्रतिशत र कुल नाफा ७.८४ प्रतिशत बढेको छ। कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा ३०९.३२ प्रतिशत बढेको छ भने वित्तीय खर्च ६२.०१ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ५६ पैसा घटेर ५ रुपैयाँ ३१ पैसामा सीमित भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij