२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भाटभटेनी उत्कृष्ट करदाता घोषित

भाटभटेनी उत्कृष्ट करदाता घोषित

790
Shares

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबार गर्ने भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि सबैभन्दा बढी कर तिर्ने व्यावसायिक फर्म बनेको छ ।

कर दिवसका अवसरमा व्यवसायी मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा गुरुङसहित उत्कृष्ट करदाता सम्मानित भएका हुन् ।

कार्यक्रममा गुरुङले जेन जेड आन्दोलनका क्रममा आफ्ना व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाट हुँदा आफूले स्वीट पेन महसुस गरेको बताए । बैंक र रोजगारी डुब्छन् भनेर अनेक आक्रमणपछि पनि आफू व्यवसायमा लगानी बढाउन बाध्य भएको बताएका छन् ।

गुरुङले भने, ‘देशको राजश्व खातामा कम पैसा जम्मा गरौँ भन्ने मलाई कहिल्यै लागेन । जति सक्छौँ तिरौँ भन्ने लाग्छ र हामीले तिरेको करबाटै देश बन्ने हो । आखिर घुमेर त्यसको फाइदा हामीलाई नै हुने हो । म कोहीबाट लिन्नँ, दिन्छु मात्रै । भाटभटेनीले कमाउँदैन यसले दान गर्छ ।’

गुरुङले विभिन्न स्वास्थ्य संस्थाहरूलाई करोडौँ रुपैयाँ दान गरेको भन्दै आफूमाथि आक्रमण गरिए पनि विचलित नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij