२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनर एचपी ल्युब्रिकेन्ट्स

एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनर एचपी ल्युब्रिकेन्ट्स

1.3K
Shares

काठमाडौं – एमएडब्ल्यू पेट्रो प्रोडक्ट्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल) सँग विशेष साझेदारी गर्दै आगामी सिजनका लागि आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बनेको घोषणा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममार्फत एमएडब्ल्यूका कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

साझेदारीले राष्ट्रियस्तरको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एनपीएल र उच्च प्रदर्शनका लागि चिनिएको एचपी ल्युब्रिकेन्ट्सबीचको सहकार्यलाई औपचारिक बनाएको कम्पनीले जनाएको छ । क्रिकेट धैर्य, सन्तुलन र निरन्तर क्षमतामा आधारित खेल भएकाले एचपी ल्युब्रिकेन्ट्सको ‘पावर टु परफर्म’ ब्रान्ड दर्शनसँग यसको उत्कृष्ट मेल रहेको कम्पनीको दाबी छ ।

एमएडब्ल्यू पेट्रोले नेपालमा बढ्दो क्रिकेटको लोकप्रियता, उदाउँदो प्रतिभाको विकास तथा राष्ट्रिय खेलको समग्र प्रवर्द्धनमा आफूले योगदान दिन पाएकोमा खुसी व्यक्त गरेको छ । कम्पनीका अनुसार, एनपीएलले नयाँ खेलाडीलाई ठूलो मञ्च उपलब्ध गराउँदै देशभरका दर्शकलाई आकर्षित गर्ने प्रमुख टुर्नामेन्टका रूपमा स्थापित भइसकेको छ ।

नेपालभर उच्च–गुणस्तरीय अटोमोटिभ तथा औद्योगिक ल्युब्रिकेसन समाधान उपलब्ध गराउँदै आएको एचपी ल्युब्रिकेन्ट्सले यस साझेदारीमार्फत खेलाडी र उपभोक्ता दुवैबीच उत्साह, आत्मविश्वास र निरन्तर उच्च प्रदर्शन गर्ने प्रेरणा जगाउने लक्ष्य राखेको छ । कम्पनीका प्रतिनिधिले भने, “जसरी एचपी ल्युब्रिकेन्ट्स इन्जिनलाई अधिकतम क्षमतामा चल्न मद्दत गर्छ, त्यस्तै मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिन चाहने खेलाडीलाई समर्थन गर्न पाउनु हाम्रो गौरव हो ।”

एमएडब्ल्यू पेट्रो प्रोडक्ट्स र एचपी ल्युब्रिकेन्ट्सले आगामी सिजनभर विभिन्न गतिविधि, प्रचार–प्रसार तथा खेलाडी–केद्रित पहलमार्फत साझेदारीलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij