२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हाथवे इन्भेष्टमेन्टको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्टको नाफा घट्यो

1.2K
Shares

काठमाडौं– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी घटेसँगै खुद नाफा पनि उल्लेख्य घट्न पुगेको हो। १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८४.३१ प्रतिशत घटेको छ भने कुल आम्दानी ८१.९७ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा ६६.१७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर ५६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार ६४८.८८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij