काठमाडौं – राष्ट्रिय कर दिवस २०८२ को अवसरमा गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिरेका व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गरेको छ। जस अनुसार सबैभन्दा बढी आयकर तिर्नेरेमिटेन्स, मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड सम्मानित भएको छ ।
उक्त सम्मान समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आईएमई लिमिटेडको योगदानले देशको सरकारी राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाका प्रतिनिधिहरूलाई सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।
उक्त सम्मा ग्रहण पश्चात आईएमई लिमिटेडले उक्त सम्मान संस्थाका निमिक्त गर्वको विषय रहेको प्रतिक्रिया दिएको छ। साथै, नेपालको अर्थतन्त्रमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धतालाई यस सम्मानबाट अझ बलियो बनाएको जनाएको छ ।
आन्तरिक राजस्व विभागले आयकर संकलनमा उत्कृष्ट योगदान पुर्याउने कम्पनीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गर्दै आएको छ। यस सम्मानसँगै कम्पनीले कर भुक्तानीमा पारदर्शिता र जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij