२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा सामान्य सुधार, ३ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा सामान्य सुधार, ३ अर्ब ९४ करोडको कारोबार

1.1K
Shares

काठमाडौँ – शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अकंले बढेर २५५०.३६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सोमबार १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको घटेको छ । आज १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।,

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij