२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमको नाफा २३.८२ प्रतिशत घट्यो

नेपाल टेलिकमको नाफा २३.८२ प्रतिशत घट्यो

860
Shares

काठमाडौं– नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ०.०१ प्रतिशत र वित्तीय आम्दानी ४८.९९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.८९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा घटेर २९ रुपैयाँ ४५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.७२ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij