२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिभर फल्स पावरको नाफा बढ्यो

रिभर फल्स पावरको नाफा बढ्यो

1.5K
Shares

काठमाडौ- रिभर फल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.२० प्रतिशत र कुल नाफा १.५१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ०.४६ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८५ पैसा बढेर १७ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.४३ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij