२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल निर्वाचित

विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल निर्वाचित

785
Shares

काठमाडौं -नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । विद्युत् क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न व्यवसायी महासंघको अधिवेशन कार्तिक २९ गते सम्पन्न भएको हो ।

महासंघ देशभरका जिल्ला र नगर संघहरू तथा विभिन्न एसोसिएट सदस्यहरूको छाता संगठनका रूपमा विद्युत् व्यवसायीहरूलाई एकीकृत गर्दै आएको छ । अधिवेशनबाट आगामी तीन वर्षका लागि महासंघको सातौँ कार्यकालका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्वाचित भएका छन् ।

अध्यक्षमा दिलिप कुमार अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । उपाध्यक्षमा क्रमशः गोपाल अग्रवाल (प्रथम), लेखनाथ सापकोटा (द्वितीय) र प्रकाश चन्द्र पाण्डे (तृतीय) निर्वाचित भएका छन् । महासचिवमा शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल र सह–कोषाध्यक्षमा शंकर प्रसाद पोख्रेल चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा ओमप्रसाद चालिसे, सरोजकुमार रेग्मी, कृष्णप्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने रहेका छन् । प्रदेशगत तर्फबाट कोशी प्रदेशका प्रतिनिधि चन्द्रमणि देवकोटा, मधेश प्रदेशका प्रेमकुमार ठाकुर, बागमती प्रदेशका दिबेश कुमार जैन तथा लुम्बिनी प्रदेशका दिपक पौडेल कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

महासंघले नवीन नेतृत्वले विद्युत् व्यवसायीहरूको क्षमता अभिवृद्धि, समन्वय र संस्थागत विकासमा योगदान दिने अपेक्षा व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij