२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्दार्थ बैंकले साधारणसभा सकिएको केहि घण्टामै लगानीकर्ताको खातामा पठायो लाभांश

सिद्दार्थ बैंकले साधारणसभा सकिएको केहि घण्टामै लगानीकर्ताको खातामा पठायो लाभांश

1K
Shares

काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको केही घन्टामै शेयरधनीका बैंक खातामा नगद लाभांश पठाइदिएको छ। बैंकले कात्तिक ३० गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा सम्पन्न गरेको थियो।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो अनुसार बैंकले कर कटाएर नगद लाभांश शेयरधनीका बैंक खातामा आजै भुक्तानी गरेको हो।

बैंकले पछिल्लो वर्ष डिजिटल सेवा विस्तार, कर्जाको सन्तुलित पोर्टफोलियो व्यवस्थापन र चुक्ता पूँजी सुदृढीकरणमा अघि बढ्दै आएको बताइएको छ। हाल बैंकले देशभर २०० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij