काठमाडौँ – डिजिटल भुक्तानी नेटवर्क फोनपेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकका रूपमा साझेदारी गरेको छ।
यससँगै कम्पनीले राष्ट्रिय खेलकुदको विकास, स्थानीय प्रतिभाको प्रवर्द्धन तथा समुदायसँगको सहकार्यलाई अझ मजबुत पारेको हो।
फोनपेले यो प्रायोजनमार्फत युवालाई सशक्त बनाउने, खेलकुदमा अनुशासन र एकताको भावना फैलाउने तथा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।
फोनपेका सिइओ दिवास कुमारले भने, ‘हामी एनपिएल सिजन–२ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं। फोनपेले सुरक्षित र सहज डिजिटल भुक्तानीसहित युवालाई प्रेरित गर्ने र राष्ट्रिय गौरव बढाउने उद्देश्य निरन्तर अघि बढाइरहेको छ।’
काठमाडौं गोर्खाजले फोनपेको प्लाटिनम प्रायोजनले टोलीलाई आगामी सिजनका लागि अझ ऊर्जा, आत्मविश्वास र उत्साह प्रदान गरेको बताएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij