एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५० लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लगानीको मूल्य घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो। १ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको फेर भ्यालु अफ इन्भेष्टेमन्ट ८९.१८ प्रतिशत घटेको छ भने वित्तयि आम्दानी ७२.२१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ७९.८३ प्रतिशत घटेको छ भने कुल खर्च ४१.८८ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५९ पैसा घटेर १ रुपैयाँ ५८ पैसामा झरेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार १६०.३० गुणा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij