काठमाडौं – नेपालको वित्तीय इतिहासमा महत्वपूर्ण स्थान ओगटाउँदै आएका नेपाल बैंक लिमिटेड (एनबीएल) स्थापना भएको ८८ वर्ष पूरा गरी आजदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ साल कार्तिकमा स्थापना भएको एनबीएल देशको पहिलो वाणिज्य बैंकका रूपमा परिचित छ। यसले नेपालमा औपचारिक बैंकिङ सेवाको प्रारम्भ गर्नुका साथै स्वदेशी मुद्रा प्रचलनलाई सुव्यवस्थित बनाउन निर्णायक योगदान दिएको मानिन्छ।
नेपाल बैंक लिमिटेडले हाललाई प्रतिस्पर्धी बैंकिङ वातावरणमा आफूलाई सबल र प्रभावकारी संस्थाको रूपमा उभ्याउन सफल भएको छ। बैंकले हाल २३१ शाखा, ९१ एक्सटेन्सन काउन्टर, २३७ एटिएम तथा डिजिटल माध्यममार्फत देश–विदेशमा रहेका करिब २० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
बैंक व्यवस्थापनका अनुसार दक्ष र ऊर्जाशील जनशक्ति तथा सुधारिएको संस्थागत संस्कृतिका कारण पछिल्ला वर्षमा ग्राहक सेवामा उल्लेखनीय सुधार आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij