२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन भेन्चर्सको नाफा बढ्यो

ग्रीन भेन्चर्सको नाफा बढ्यो

535
Shares

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.४६ प्रतिशत बढेको छ भने कुल नाफा ४.८१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ४.७९ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ३०.७९ प्रतिशत घटेको छ। ३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ७१ करोड ५३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ८ पैसा बढेर ३५ रुपैयाँ २५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.३९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij