२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवल पावर कम्पनीको नाफा बढ्यो

बुटवल पावर कम्पनीको नाफा बढ्यो

1.2K
Shares

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ७६ करोड रुपैयाँ रहेको छ।बुटवल पावर कम्पनीको नाफा बढ्यो

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.४० प्रतिशत बढेर २४ करोड १२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३४.०३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.०८ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च २२ लाख ७६ हजार रुपैयाँबाट बढेर ८८ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा बढेर ९ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.२५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij