२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवाको १९ औं वार्षिकोत्सव सम्पन्न

कामना सेवाको १९ औं वार्षिकोत्सव सम्पन्न

1K
Shares

काठमाडौं- कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।

वार्षिकोत्सवकै अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बैंकका केन्द्रीय कार्यालयदेखि क्षेत्रीय कार्यालयसम्म एकैसाथ सम्पन्न रक्तदान कार्यक्रममार्फत कुल ४२९ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप (पाचौं संस्करण) पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता बनेका छन्।

यस्तै, अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्यूरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन्। वार्षिकोत्सवकै अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको छ। बैंकका अनुसार यो योजना १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरी ल्याइएको हो।

‘अल्फा ग्रो’ खातामा खाता खोल्ने ग्राहकलाई बैंकले आकर्षक खुत्रुके उपलब्ध गराउनेछ भने खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ। सो बीमाको प्रिमियम १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने व्यवस्था गरिएको छ।

यो योजना बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउने, साथै उनीहरूमा बचत गर्ने बानी विकास गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij