काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपी बनाउने निर्णय गरेको हो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी (महानिरीक्षक) चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा गएकाले नेपाल प्रहरीको कमाण्ड कार्की मातहत आएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij