काठमाडौं– साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७८ अकंले घटेर २५४३.३७ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको ८३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचकमा राताम्य लागेको छ । आज वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.७९ प्रतिशत, होटल तथा पयर्टन समूहको ०ं.१८ प्रतिशतले शेयर मूल्य घटेको हो ।
बुधबार ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज सबै भन्दा धेरै एनआरएन इन्फ्रास्टक्चरको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोठड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij