२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकले “गरिमा रोड रेस, २०८२” आयोजना गर्ने

गरिमा विकास बैंकले “गरिमा रोड रेस, २०८२” आयोजना गर्ने

1.1K
Shares

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित दोस्रो संस्करणको गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी मंसिर ६ गते, शनिबारका दिन सञ्चालन हुने बैंकले जनाएको छ।

गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिता यसपटक अझ व्यापक रूपमा आयोजना गर्न लागिएको हो। प्रतियोगिता तीन विधामा हुनेछ — खुला (महिला र पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट र भेट्रान (महिला र पुरुष) तर्फ ५ किलोमिटर। यस वर्ष पहिलोपटक ४५ वर्षभन्दा माथिका महिला र ५० वर्षभन्दा माथिका पुरुष धावकलाई समेट्दै भेट्रान विधा थपिएको छ।

प्रतियोगितामा करिब १,००० जना धावकको सहभागिता हुने अनुमान गरिएको छ। विजेताहरूलाई आकर्षक नगद पुरस्कार वितरण गरिनेछ — खुला तर्फका विजेताले जनही रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,००० र पाँचौंले रु. १०,००० प्राप्त गर्नेछन्। कर्पोरेट र भेट्रान तर्फका विजेताले जनही रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,००० र पाँचौंले रु. ७,००० नगद पाउनेछन्।

रोड रेस बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई खुला तर्फ बुढानिलकण्ठ नगरपालिका कार्यालय भवन पुगेर पुनः त्यही बाटो हुँदै बालुवाटारमै समापन हुनेछ। कर्पोरेट र भेट्रान तर्फका धावकहरू भने बाँसबारीस्थित न्युरो अस्पताल पुगेर फर्कने छन्।

प्रतियोगिताको व्यवस्थापन सुदृढ बनाउन बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरी रजिष्ट्रेशन गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij