समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय सहभागिता रहेको थियो ।
साथै फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियाली मनाईएको कम्पनीले जनाएको छ। कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको कम्पनीले उल्लेख गरेको छ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij