२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ३.२१ अंकले बढ्यो

नेप्से परिसूचक ३.२१ अंकले बढ्यो

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अकंले बढेर २५६५.१६ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२९ प्रतिशतले शेयर मूल्य घठेको छ ।

मंगलबार १४२ कम्पनीको बढेको छ भने १०२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थिर रहेको देखिन्छ ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij