काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंककै डेपुटी सीईओ रहेका आचार्यले बैंक सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो । तर, उनको कार्यकाल भने माघ १२ गतेदेखि लागू हुनेछ । हालकासीईओ निश्चलराज पाण्डको कार्यकाल माघ ११ गते सकिँदैछ ।
सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई चार बर्षका लागि सीईओ नियुक्त गरेको हो । उनी करिब १७ वर्षदेखि सानिमा बैंकसँग आवद्ध छन् । उनी सानिमा क्यापिटलमा अध्यक्ष समेत बनेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij