काठमाडौं – साहस ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लाभांश घोषणा गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij