२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज युनिलिभर नेपालको साधारणसभा

आज युनिलिभर नेपालको साधारणसभा

780
Shares

काठमाडौं -युनिलिभर नेपाल लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते मंगलबार अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्दैछ।

उक्त साधारणसभाले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी गत आर्थिक वर्ष (आव) को नाफा–नोक्सान, वासलात, नगद प्रवाह विवरण सहितको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानका लागि प्रस्ताव पारित गर्ने र अध्यक्षको अनुमतिमा अन्य कुनै पनि विषय पेश गर्न सकिने व्यवस्था रहेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ गतेदेखि नै बुक क्लोज गरिसकेकाले कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका शेयरधनीहरू मात्रै कम्पनीको साधराणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij