काठमाडाैँ – नेपाल बैंक लिमिटेड र दराजबीच बैंकमा खाता रहेका ग्राहकलाई अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।
कार्तिक २५ देखि मंसिर ६ गतेसम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन्।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको जनााएकाे छ।
नेपाल बैंकमा खाता रहेका ग्राहकले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यमबाट अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट र Äेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,००० सम्मको छुट प्राप्त गर्न सकिनेछ। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सÄिय गर्नु पर्नेछ। बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सÄिय गर्न र Äेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij