२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

1.3K
Shares

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्राध्यापक शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सोही नियम अनुसार सेवा आयोगको सदस्य पदमा फुङलिङ–३ ताप्लेजुङका प्राध्यापक डा. रमेश घिमिरेलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij