काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल एआइजी रहेका कार्कीलाई नेपाल प्रहरीको आईजीपी अर्थात् महानिरीक्षक पदमा नियुक्त गरेको हो।
आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही कार्तिक २७ गतेबाट आईजीपीको कार्यभार सम्हाल्नेछन् ।
हाल उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । उनी २०५४ चैत १८ मा निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनी महानिरीक्षक नियुक्तिका पहिलो दावेदार थिए । ३० वर्षे सेवा अवधि कायम रहे कार्कीले २०८४ चैतसम्म प्रहरी संगठनको कमाण्ड सम्हाल्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij