२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंक र दराजबीच ११:११ योजनाका लागि सहकार्य

सानिमा बैंक र दराजबीच ११:११ योजनाका लागि सहकार्य

1.9K
Shares

काठमाडौं- सानिमा बैंकले ग्राहकलाई विशेष छुट प्रदान गर्न दराजसँग ११:११ योजनाका लागि सहकार्य गरेको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले विशेष छुट पाउनेछन्।

डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म, र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ र छुट ‘पहिलोलाई प्राथमिकता’ आधारमा उपलब्ध हुनेछ। यो योजना कात्तिक २५ देखि मंसिर ५ गतेसम्म लागू हुनेछ।

सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ। बैंकले हाल देशभर १३४ शाखा र १२७ एटिएम मार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij