काठमाडौं – साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij