काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार आज साँझ ५ः ३० बजेदेखि रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएको हो । तर अहिले समस्या समाधान गरिएको छ । लाइटको समस्याका कारण विमानहरूको अवतरण र उडान दुवै कार्य पूर्ण रूपमा रोकिएका थिए ।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij