२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकमा सीआईबी र राष्ट्र बैंकको संयुक्त छापा

प्रभु बैंकमा सीआईबी र राष्ट्र बैंकको संयुक्त छापा

1.6K
Shares

काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले शुक्रबार बेलुका प्रभु बैंकमा छापा मारेको छ।

आर्थिक अपचलनसम्बन्धी जाहेरीका आधारमा पक्राउ परेका प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचनविरुद्धको अनुसन्धानका क्रममा बैंकमा छापा हानिएको सीआईबीले जनाएको छ।

सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीका अनुसार अनुसन्धानका लागि आवश्यक कागजातहरू नियन्त्रणमा लिइएका छन्। उनले भने, “राष्ट्र बैंकसँगको सहकार्यमा ती फाइलमाथि छानबिन सुरु भइसकेको छ।”

प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी गरेको आरोपमा भट्टचनविरुद्ध जाहेरी दर्ता गरेकी थिइन्। सोही जाहेरीका आधारमा उनलाई कात्तिक ११ गते पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij